डीपीएलको निर्देशकमा विनोद दास
रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल)को तेस्रो संस्करणको प्रतियोगिता निर्देशकमा यू-१९ राष्ट्रिय टोलीका प्रशिक्षक विनोद दास नियुक्त भएका छन्।
आयोजक धनगढी क्रिकेट एकेडेमीले मंगलवार विज्ञप्तिमार्फत् नियुक्तिबारे जानकारी दिएको हो। आगामी १९ माघ-४ फागुनमा धनगढीको फाप्ला क्रिकेट मैदानमा डीपीएल सञ्चालन हुँदैछ।
रुस्लान डीपीएलको तेस्रो संस्करण रु ५ करोडको लागतमा सञ्चालन हुन लागेको हो। प्रतियोगितामा देशभरका ६ वटा फ्रेन्चाइजी टोली सहभागी हुन्छन्। सहभागी हुने टोलीको घोषणा छिट्टै हुने एकेडेमीका अध्यक्ष सुवाश शाहीले बताए।