हिमालयन ब्यांकले शुरु गर्यो मोबाइल ब्यांकिङ एप
हिमालयन ब्यांकले मोबाइल ब्यांंकिङ एप शुरु गरेको छ । ‘हेयर ईज योर न्यू ब्यांक’ र ‘बिग ब्यांक इन स्मल साइज’ नाराका साथ ब्यांकले हाई–एम–बि नामक मोबाइल एप शुरु गरेको हो ।
आज एप सार्वजनिक गर्दै ब्यांकका वरिष्ठ महाप्रबन्धक इजाज कादिरले ग्राहकलाई ब्यांकिङ कारोबारमा सहजता प्रदान गर्न मोबाइल एप शुरु गरिएको बताए । उनले आधुनिक प्रविधिका साथै सुरक्षित भएकाले ढुक्क भएर एपमार्फत कारोबार गर्न आग्रह पनि गरेका छन् ।
एपबाट एक खाताबाट अर्काे खातामा रकम ट्रान्सफर, रिचार्ज कार्ड खरीद गर्न, इन्टरनेट र डिस होमको बिल भुक्तानी गर्न सकिने ब्यांकले जनाएको छ ।
कार्यक्रममा ब्यांकका आइटी विभाग प्रमुख धिरज श्रेष्ठले ब्यांकमा दर्ता गरिएको मोबाइल फोन बाहेकमा एप नचल्ने भएकाले ह्याकिङको सम्भावना नरहेको दाबी गरेका छन् ।
५६ शाखा रहेको हिमालयन ब्यांकले १०८ एटीएम मार्फत पनि सेवा प्रदान गरिरहेको छ । ब्याकंले असोज मसान्तसम्म एक खर्ब दुई अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरी रु. ९४ अर्ब ३४ करोड कर्जा लगानी गरेको छ ।