दुर्घटनामा गायक योञ्जनको मृत्यु
दोलखा- ‘पुरानो माया’जस्ता लोकप्रिय सेलो गीत गाएर चर्चामा आएका गायक अमृत लामा योञ्जनको ट्रयाक्टर दुर्घटनामा परी मृत्यु भएको छ ।
शुक्रवार बिहान दोलखाको विगु-३ बुलुङमा लु३त ९७२३ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा त्यसमा सवार सोही स्थानका ४४ वर्षीय योञ्जनको मृत्यु भएको हो ।
भीरमुनि गाउँबाट ढुंगा लोड गरी पछाडि जाने क्रममा ट्रयाक्टर सडकबाट करीब ३२ फिट तल खसेको प्रहरीले जनाएको छ।