ट्रयाक्टर दुर्घटनामा २ को मृत्यु
दमक- दमक-रवि सडकअन्तर्गत इलामको माङ्सेबुङ-३ स्थित भञ्ज्याङ खण्डमा गए राति भएको ट्रयाक्टर दुर्घटनामा चालकसहित २ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा इलामको माङ्सेबुङ गाउँपालिका-३ का नवीन कुरुम्बाङ (२८) र सहचालक धनकुटा जिल्ला चौबिसे गाउँपालिका-८ का गोकुल लिम्बू (२२) छन्।
दुवैको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। पाँचथरको रविबाट दमक आउँदै गरेको अदुवा बोकेको मे१त ८०२५ नम्बरको ट्रयाक्टर दुर्घटना भएको थियो। राति १२ बजेतिर भएको दुर्घटनामा ट्रयाक्टर सडकदेखि १५० फिट तल खसेको थियो। रासस