वन्यजन्तुको छालासहित २ पक्राउ
काठमाडौं- प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआर्इबी)ले संरक्षित वन्यजन्तुको छालासहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रुकुम आठबीसकोट-५ का २३ वर्षीय विकास बस्नेत र सल्यान बाघचौर-८ का २२ वर्षीय शेरबहादुर डीसी छन्। उनीहरूलाई थप कारवाहीका लागि सोमवार डिभिजन वन कार्यालय काठमाडौंमा बुझाइएको छ।
सीआर्इबीको टोलीले काठमाडौं-२६ मित्रनगरबाट बुधवार उनीहरूलाई पक्राउ गरेको थियो। बरामद गरिएको छाला चितुवा प्रजातिको जस्तो देखिए पनि यकिन नभएको प्रहरीले जनाएको छ।