बांग्लादेशको उच्च अदालतद्वारा शहिदुल आलमलाई थुनामुक्त गर्न आदेश
बांग्लादेशको उच्च अदालतले फोटोपत्रकार शहिदुल आलमलाई १०२ दिनसम्मको हिरासतपछि धराैटीमा रिहा गर्न आदेश दिएको छ ।
गत २० साउनमा ढाका प्रहरीले अन्तर्राष्ट्रिय पहिचान बनाएका बांग्लादेशका फोटो पत्रकार, शिक्षक र अभियन्ता शहिदुल आलमलाई ढाकाबाट पक्राउ गरेको थियो ।
आलमले राजधानी ढाकामा सडक सुरक्षा माग गर्दै भएको विरोध प्रदर्शनलाई दबाउन सरकारले गरेको बलप्रयोगलाई फेसबुकमार्फत प्रत्यक्ष प्रशारण गरेका थिए ।
शेख हसिना सरकारका आलोचक उनले एक अन्तर्राष्ट्रिय टेलिभिजनलाई अन्तर्वार्ता दिए लगत्तै ढाका प्रहरीले पक्राउ गरेको थियो ।
शहिदुलको रिहाइका लागि विभिन्न क्षेत्रबाट बांग्लादेश सरकारमाथि दबाब परेको थियो ।
२७ कात्तिकमा दक्षिण एशियाली अगुवा नागरिकहरुले शहिदुल आलमलाई रिहा गर्न बांग्लादेशी प्रधानमन्त्रीलाई अपिल समेत गरेका थिए ।
पढ्नुहाेस् ।