चार दिनपछि निर्णय सार्वजनिक गर्दै सरकार
मन्त्रिपरिषदले गरेका निर्णय सरकारले ४ दिनपछि बिहीवार सार्वजनिक गर्दैछ। आइतबारको मन्त्रिपरिषद बैठकका निर्णय सरकारले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्न लागेको हो।
यसअघि मन्त्रिपरिषदको बैठक सकिएलगत्तै सरकारका प्रवक्तामार्फत निर्णय सार्वजनिक गरिँदै आएको थियो। गत आइतबारको बैठकपछि नयाँ तरिकाले सरकारले निर्णय सार्वजनिक गर्न लागेको हो।
तर, आइतवारको मन्त्रिपरिषद बैठकले गरेका अधिकांश निर्णय यसअघि नै सार्वजनिक भइसकेका छन्। उक्त बैठकलगत्तै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले विशेष समयमा नयाँ व्यवस्थाका साथ सरकारका निर्णय सार्वजनिक गरिने बताएका थिए।