ट्राफिकलाई घुस दिन खोज्दा प्रहरी नियन्त्रणमा
ट्राफिक प्रहरीले काठमाडौंको बुद्धनगरबाट मिनिट्रकका चालक र सहचालकलाई प्रहरीले घुस दिन खोजेको अभियोगमा नियन्त्रणमा लिएको छ ।
प्रहरीले बा २ ख ८१२९ नम्बरको गाडीका चालक जीतबहादुर तामाङ र सहचालक सुजन घलेलाई नियन्त्रणमा लिएको हो ।
चेकजाँचमा रहेको प्रहरीले कागजात माग्दा चालकले एक हजार घुस दिन खोजेपछि ट्रकका चालक र सहचालकलाई गाडीसहित नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई महानगरीय प्रहरी वृत्त, बानेश्वरमा राखिएको प्रहरीले जनाएको छ ।