क्यानडाको जाडोमा तात्यो हिमालयन तेक्वान्दो
अवसर र मेहनत भए नेपालीले संसारको कुनैपनि कुनामा पहिचान र अस्तित्व देखाउन सक्छन् । यसैको गतिलो उदाहरण बनेका छन् प्रशिक्षक राजु गडतौला र उनको नेपाली तेक्वान्दो टोली ।
उनको सत्र सदस्यीय नेपाली टोलीले आगामी बर्ष जर्मनमा हुने वल्र्ड च्याम्पियनशिपका लागि क्यानडामा भएको तेक्वान्दो छनोट प्रतियोगीतामा उत्कृष्ट नतिजा हासिल गरेको छ ।
राजुले क्यानडा, अल्बर्टा प्रान्तको राजधानी एडमन्टनमा तीन बर्षदेखि नेपालीमुलका खेलाडीलाई हिमालयन तेक्वान्दो एकेडेमी स्थापना गरी प्रशिक्षण दिइरहेका छन् ।
तीन वर्षभित्र तयार गरेका नेपाली टोलीलाई उनले यसै साता क्यानडाको क्यालगरी शहरमा सम्पन्न भएको क्यानडियन तेक्वान्डो फेडरल अन्तराष्ट्रिय (सिटिएफटी) नेशनल च्याम्पियन प्रतियोगितामा सहभागी गराएका हुन् । प्रतियोगिता प्यार्टन र स्पायरिङका विधा समावेश थिए ।
सहभागी नेपालीले दुवै विधामा सात स्वर्ण, पा“च सिल्भर र नौ काश्य पदक जिते ।
सहभागीमध्ये स्माइल खत्रीले दुवै विधामा १/१ स्वर्ण जिते । प्यार्टन विधामा १/१ स्वर्ण जित्ने अन्य खेलाडीमा प्रध्योतन निरौला, सुभम लुइँटेल, विवेक तिमिल्सिना छन् ।
त्यस्तै स्पायरिङमा, रियाज अर्याल, प्रशुभा अधिकारी ले १/१ स्वर्ण जितेकाछन् ।
स्पायरिङ विधामा १/१ सिल्भर जित्नेमा प्रध्योतन निरौला, शुभाम लुइटेल, गिब्सन ढकाल, सुभम् अधिकारी छन् ।
त्यसैगरी दुवै विधामा १/१ काश्य जित्ने खेलाडीमा अनुश्का गिरी र जोनिश चौधरी रहेका छन् ।
प्यार्टन विधामा काश्य जित्ने अन्य खेलाडीमा प्रशुन शर्मा, शशांक भण्डारी, अरिक पौडेल, ईशान खत्री, स्पन्दन गौतम र आरम्भ खरेल छन् ।
आगामी वर्ष जर्मनमाहुने वल्र्ड च्याम्पियनशिपकालािग सो प्रतियोगिताभएको थियो ।
सो नेशनल च्याम्पियनमा क्यानडाको विभिन्न प्रान्तबाट आएका पाँच सय ७३ खेलाडीको सहभागिता रहेको थियो ।
खेल नोभेम्वर १० र ११ मा भएको थियो ।