उदाउँदो सूर्यलाई अर्घ्य दिएर सकियो छठ (फोटो फिचर)
बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चार दिन लामो छठ पर्व समापन भएको छ।
वीरगञ्जको सिर्सिया नदीस्थित छठ घाटमा बुधबार बिहानैदेखि व्रतालुको भीड लागेको थियो। अर्घ्यमा ठकुवा, कसार, केरा, उखु, मेवा, मिष्ठान्न, गेडागुडी, भुसवा, माटोको हात्ती, सुप, कनसुपतीलगायत सामग्री चढाउने गरिन्छ।
ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उपजलाई कृतज्ञताको प्रतीक मानिन्छ। उदाउँदो र अस्ताउँदो सूर्यलाई अघ्र्य दिनुको अर्थ सुख, दुःख, रोदन र हाँसोलाई समान र जीवनकै पाटोका रूपमा लिइनु मानिन्छ।
सुरेश बिडारी, वीरगञ्ज