विराटनगर र जनकपुरमा अस्ताउँदो सूर्यको आराधना (फोटो फिचर)
कमल रिमाल/ईश्वरचन्द्र झा
विराटनगर/जनकपुर- छठ पूजाका अवसरमा मंगलबार अस्ताउँदो सूर्यको आराधना गरिएको छ। विराटनगर र जनकपुरका विभिन्न जलाशयमा पुगेर व्रतालुहरूले सूर्यलाई अर्घ्य दिए।
विराटनगर महानगरका मेयर भीम पराजुलीको १५ औं पटक ‘दण्डप्रणाम’ गर्दै सिंघिया खोलामा गएर सूर्यको आराधना गरे। घरदेखि जलाशयसम्म सुतेर बाटो नाप्ने र उठ्दै सुतेर पुनः बाटो नापेर जलाशयमा पुग्नुलाई दण्डप्रणाम भन्ने गरिन्छ।
४८ घण्टासम्म पानीसमेत नपिएका व्रतालु उदाउँदो र अस्ताउँदो सूर्यको आराधना गर्न यसरी सुतेर जलाशयमा पुग्छन्।
मिथिला नगरी जनकपुरका सागर (पोखरी)हरू झिलिमिली बनाइएका थिए। विराटनगर र कटहरी गाउँपालिकाबीचबाट बग्ने सिंघिया खोलाको किनार पनि त्यसरी नै झकिझकाउ बनाइएका थिए। छठघाटमा मंगलबार रातभर भजनकीर्तन हुने गर्छ।