सुदूरपश्चिमका नवनियुक्त मन्त्री सुवेदीले लिए सपथ, पदमुक्त भएका मन्त्रीले नै गरे स्वागत
सुदूरपश्चिम प्रदेशका नवनियुक्त सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले पद तथा गाेपनियताकाे सपथ लिएका छन् ।
सुवेदीलाई भर्खरै मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशप्रमुखको कार्यालयमा सपथ गराएका हुन् ।
सुवेदी कैलाली क्षेत्र नम्बर ४ को प्रदेशसभा क्षेत्र ‘ख’ बाट निर्वाचित सांसद हुन् ।
मुख्यमन्त्री भट्टले आजै सामाजिक विकास मन्त्री दीर्घ सोडारीलाई पदमुक्त गरेका थिए । पदमुक्त भएका मन्त्री सोडारीले नै नवनियुक्त मन्त्री सुवेदीलाई मन्त्रालयमा स्वागत गरेका छन् ।
सोडारीले पद अनुकुलको आचरण नगरेको र पार्टीको सुझाव अटेर गरेको भन्दै बर्खास्त गरिएको जनाइएको छ ।
पढ्नुहोस् ।