विपक्षी नेताको भूमिका देउवाले निर्वाह गर्न सक्नुभएनः रामचन्द्र पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विपक्षी दलको नेताको भूमिका पार्टी सभापति शेरबहादुर देउवाले निर्वाह गर्न नसकेको बताएका छन् ।
नेपाल प्रेस यूनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टी सभापतिले संसद्मा आक्रामक विचार र प्रस्तुति राख्न नसकेको आरोप लगाएका हुन् ।
आफूलाई पदकोभन्दा पनि पार्टीप्रति बढी चिन्ता भएको बताउँदै पौडेलले भने “पार्टी निर्वाचनमा के कारणले हार्यो, अब यसलाई कसरी उठाएर लैजाने, पार्टीलाई सुधार्नेतिर मेरो चिन्ता छ, पदमा को बस्ने भन्ने चिन्ता छैन ।”
वरिष्ठ नेता पौडेलले उपसभापति पदमा विजयकुमार गच्छदारलाई ल्याउने विषयमा खासै विवाद नभएको बताए । प्रक्रिया पु¥याएर ल्याउन नसक्नु सभापतिको कमजोरी भएको उनको भनाइ थियो । रासस