टिप्परको ठक्करबाट एकजनाको मृत्यु
दाङको घोराही–तुलसीपुर सडकखण्डमा टिप्परले ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ ।
घोराहीबाट सर्रातर्फ जाँदै गरेको रा ३ प ८०८२ नम्बरको मोटरसाइकललाई रा १ क ५८२ नम्बरको टिपरले रावतगाउँ चोकमा पछाडिबाट ठक्कर दिँदा घोराही उपमहानगरपालिका–१६ का तेजबहादुर खत्रीको मृत्यु भएको हो ।
टिप्परको ठक्करले मोटरसाइकल चालक वसन्त गिरी गम्भीर घाइते भएका छन् ।
गिरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
ठक्कर दिने टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस