सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री सोडारी बर्खास्त
सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश मन्त्रिपरिषदका सदस्य, सामाजिक विकास मन्त्री दीर्घ सोडारीलाई बर्खास्त गरेका छन् ।
सोडारीले पदीय आचरण विपरितका गतिविधि गरेको भन्दै उनलाई हटाइएको हो । मुख्यमन्त्री भट्टका स्वकीय सचिब शिवसिंह ओलीले सोडारीलाई हटाइएको पुष्टि गरे ।
उनले आजै दिउँसो चार बजे नयाँ सामाजिक विकास मन्त्रीलाई सपथ खुवाउने कार्यक्रम तय भइसकेको हिमालखबरलाई बताए ।
नेपाल कम्युनिष्ट पार्टीका प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापाले पार्टीको निर्देशन नमानेको र पदीय आचरण विपरित काम गरेकाले पार्टीकै निर्देशन बमोजिम उनलाई हटाइएको बताए ।
सोडारीको ठाउँमा नेकपाका नेता कृष्ण सुवेदीलाई सामाजिक विकास मन्त्री बनाउने तयारी भएको नेकपाका एक नेताले बताए ।
बर्खास्त हुने सोडारी दोस्रो मन्त्री हुन् । यसअघि प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार मन्त्री केशब स्थापितलाई बर्खास्त गरेका थिए ।