कला/साहित्यमंगलवार, कार्तिक २७, २०७५

अजय देवगनलाई चीनमा उत्कृष्‍ट अभिनेताको अवार्ड

हिमालखबर

बलिउड अभिनेता अजय देवगनले फिल्म 'रेड' मा उत्कृष्‍ट भूमिका निर्वाह गरेवापत चीनमा अवार्ड पाएका छन्।

चीनको २७औं फिल्म महोत्सव 'चाइना गोल्डेन रूस्टर एन्ड हन्ड्रेड फ्लावर्स' मा उनले सर्वश्रेष्‍ठ विदेशी अभिनेताको पुरस्कार हात पारेका हुन्।

यसै वर्षको १६ मार्चमा रिलिज भएको 'रेड' मा अजय इमानदार आईटी अफिसरको भूमिकामा देखिएका छन्। फिल्मले भारतीय बक्स-अफिसमा राम्रो व्यापार गर्दै भारु १४२ करोड कमाएको थियो।

ग्वाङडोङ प्रान्तको फोशान शहरमा भएको चार दिवसीय फिल्म महोत्सवमा विजेताहरूको चयन दर्शकले गरेका थिए। चाइना फिल्म एसोसिएसन (सीएफए) ले इन्डिया चाइना फिल्म सोसाइटी (आईसीएफएस) को सहयोगमा हरेक वर्ष महोत्सव आयोजना गर्दै आएको छ।

'रेड' मा गरेको कामबाट अजयले अवार्ड जितेको विषयमा उक्त फिल्मको निर्माता टी-सिरिजका अध्यक्ष भूषण कुमारले भनेका छन्, "चीनको महोत्सवमा सर्वश्रेष्‍ठ अभिनेताको पुरस्कार पाउनु अजय देवगनको उपलब्धिको सूचीमा थप उपलब्धि हो। साथै, यो उनको कुशल अभिनयको प्रमाण समेत हो।"

'रेड' को निर्देशन राजकुमार गुप्ताले गरेका थिए। फिल्ममा अजयसँगै इलियाना डिक्रुज र सौरभ शुक्ला पनि मुख्य अभिनयमा थिए। एजेन्सी

प्रतिकृया दिनुहोस