कपास उद्योगमा आगलागी, २५ लाखको क्षति
बाराको कलैया–६ स्थित कपास उद्योगमा २० कात्तिक बिहान आगलागी भएको छ ।
जय श्री माँ ह्याण्डी क्र्याफ्ट कपास उद्योगमा बिहान पौने २ बजे तिर विद्युत सर्ट भएर आगलागी हुँदा करिब रु २५ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।
आगलागीबाट उद्योगको कपास, मेसिन र घर जलेर नष्ट भएको छ ।
कलैया नगरपालिका र वीरगञ्ज उपमहानगरपालिका कार्यालयको गरि दुई वटा बारुण यन्त्रको सहयोगमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले साढे ६ घण्टा पछि आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक राजेन्द्रबाबु रेग्मीले बताए ।
सुरेश बिडारी, वीरगञ्ज