ट्रयाक्टरमा यात्रु बोक्न प्रतिबन्ध
गाईघाट- उदयपुरमा ट्रयाक्टरमा यात्रु बोक्न प्रहरीले प्रतिबन्ध लगाएको छ।
ट्रयाक्टर चढेर पिकनिक जाने क्रममा आइतबार बेलका-८ मा ट्रयाक्टर दुर्घटनामा तीन जनाको मृत्यु र ३४ घाइते भएपछि प्रहरीले कडाइ अपनाएको हो। सोही क्रममा सोमबार बिहान प्रहरीले सदरमुकाम गाईघाट क्षेत्रबाट पिकनिक जान मानिस बोकेर हिँडेका करीब एक दर्जन ट्रयाक्टरलाई नियन्त्रणमा लिएको छ।
त्रियुगा नगरपालिका-२ भुल्केबाट तीन, देउरी र बगाहा मोतिगडा क्षेत्रबाट सात, बेल्टार बसाहाबाट ६ वटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ। रासस