प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा भट्टराई
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको परराष्ट्र मामिला सल्लाहकारमा नेकपा युवा नेता डा. राजन भट्टराई नियुक्त भएका छन्।
आइतबार राति बसेको मन्त्रिपरिषद् बैठकले डा. भट्टराईलाई प्रधानमन्त्रीको सल्लाहकार नियुक्त गरेको हो।
उनी पूर्वसांसद तथा नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)का सदस्य हुन्। भट्टराई ०६६ सालदेखि ०६७ सम्म तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको पनि परराष्ट्र सल्लाहकार थिए।