महिला ओलम्पिक एशियाली छनोट- नेपाल र म्यानमार १-१ को बराबरीमा
नेपालको महिला फुटबल टोलीले आइतबार याङ्गुनमा महिला ओलम्पिक प्रतियोगिताको एशियाली छनोटअन्तर्गत् उच्च ‘र्याङकिङ’को म्यानमारसँग दरिलो प्रतिस्पर्धा गर्यो।
नेपाल र म्यानमार १-१ को बराबरीमा रहे। दुई खेलमा दुई अंकसहित दोस्रो चरणमा खेल्ने नेपालको अवसर जीवितै छ। १३ नोभेम्बरमा नेपाली महिला फुटबल टोलीले बाङ्लादेशसँग प्रतिस्पर्धा गर्नेछ।
खेल शुरु भएको दोस्रो मिनेटमै नेपालकी सावित्रा भण्डारीले म्यानमारविरुद्ध गोल गरेकी थिइन्। तर, १४औं मिनेटमा म्यानमारकी खिन मोएले गोल फर्काएर १-१ को बराबरीमा ल्याइन्।
भारत र म्यानमारको ४ अंक छ। नेपालले बाङ्लादेशसँगको प्रतिस्पर्धामा जित हासिल गर्नु जरुरी छ।