महिला ओलम्पिक एशियाली छनोट- म्यानमारले गोल फर्कायो (अपडेट)
महिला ओलम्पिक प्रतियोगिताको एशियाली छनोट अन्तर्गत् नेपाल र म्यानमारबीच जारी खेलमा म्यानमारले गोल फर्काएको छ ।
१३ औं मिनेटमा प्राप्त कर्नरमा गोल गर्दै म्यानमारले खेल १-१ को बराबरीमा ल्याएको हो ।
म्यानमारमा जारी खेलमा नेपाली राष्ट्रिय महिला फूटबल टोलीले दोस्रो मिनेटमै पेनाल्टीमा अग्रता लिएको थियो । घरेलु टोलीविरुद्ध नेपालका तर्फबाट सबिता भण्डारीले गोल गरिन् । अहिले दोस्रो हाफको खेल जारी छ ।
प्रतियोगिताअन्तर्गत् यसअघि नेपाल र भारतबीचको खेल १-१ गोलको बराबरीमा टुंगिएको थियो । नेपालले अर्को खेल मंगलबार बाङ्लादेशसँग खेल्नेछ ।