पाँच घर जलेर नष्ट
कृष्णनगर- कपिलवस्तुको शिवराज नगरपालिका-१० इस्लामनगरमा तिहारका लागि बालेको मैनबत्तीबाट आगो सल्किँदा पाँच घर जलेर नष्ट भएका छन्।
स्थानीय दामोदर मिश्राका अनुसार आगलागीबाट शिवप्रसाद अराख, सन्तराम लोनिया, चन्द्र लोनिया, राममुरत मुराउ र वंशीनाथ लोनियाको फुसको घर जलेर नष्ट भएको हो।
आगलागीबाट रु २ लाखबराबरको क्षति भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ। अग्निपीडित खुल्ला आकाशमुनि बस्न बाध्य भएका छन्। रासस