महिला विश्वकपको डेढ लाख टिकट बिक्री
पेरिस- सन् २०१९ मा हुने महिला विश्वकप फुटबल प्रतियोगिताका लागि अहिले नै लाखौं टिकट बिक्री भइसकेका छन्।
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले आयोजना गरेको प्रतियोगिताका लागि गत सेप्टेम्बरदेखि टिकट बिक्री शुरु भएकामा हालसम्म एक लाख ५० हजारभन्दा बढी बिक्री भइसकेको हो। फिफाका अनुसार टिकट खरिद गर्नेमध्ये सबैभन्दा धेरै फ्रान्स र बेलायतका नागरिक छन्।
प्रतियोगिताका लागि १० लाखभन्दा बढी टिकट बिक्री गर्न सकिने फिफाको अनुमान छ। टिकटसम्बन्धी नौ वटा प्याकजे बनाइएको फिफाले जनाएको छ। व्यक्तिगत टिकट भने २३ डिसेम्बरदेखि बिक्री शुरु हुनेछ।
प्रतियोगिता ७ जुन-७ जुलार्इ २०१९ मा हुने तय भएको छ। ग्रेनोबल, ले हाभ्रे, लिओन, मोन्टपेल्लिर, नाइस, पेरिस, रेम्स, रेन्नेज र भ्यालेन्सिन्नजमा खेलहरू हुने भएका छन्।
सेमीफाइनल र फाइनल खेल लियोनमा गर्ने तालिका छ। ती खेलहरूका लागि २२ हजारभन्दा बढी प्याकेज बिक्री भइसकेका छन्। सिन्हवा