समाचारशुक्रवार, कार्तिक २३, २०७५

जिप दुर्घटनामा एकको मृत्यु

हिमालखबर

रुकुम पश्चिम- बाँफिकोट गाउँपालिका-३ दहखोलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

जिप चालक आठबिसकोट नगरपालिका-१ का २८ वर्षीय टेकमान विकको मृत्यु भएको हो। स्यार्पूबाट नेपानेतर्फ जाँदै गरेको लु१ज २६६८ नम्बरको जिप दुर्घटनामा विककी पाँच वर्षीया छोरी पार्वती गम्भीर घाइते छिन्।

जिप सडकबाट करीब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ। विक जिप लिएर नेपानेस्थित ससुरालीमा जाँदै थिए।

यसैगरी, कैलालीको धनगढी-४ स्थित बस बिसौनी परिसरमा ना४ख ४२६४ नम्बरको बसका सहचालक मोहन बोहरा मृत भेटिएका छन्। उनको मृत्यु शंकास्पद रहेकाले अनुसन्धानका लागि चार जनालाई प्रहरीले पक्राउ गरेको छ। रासस

प्रतिकृया दिनुहोस