समाचारशुक्रवार, कार्तिक २३, २०७५

राष्‍ट्रपति, उपराष्‍ट्रपति, प्रधानमन्‍त्रीद्वारा भाइटीका

हिमालखबर

काठमाडौं- राष्‍ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार बिहान ११ बजेर ५५ मिनटको शुभसाइतमा भाइ डेगेन्द्र पाण्डेलाई सप्तरंगी टीका लगाइदिइन्।

राष्‍ट्रपति भवन शीतलनिवासमा भएको भाइटीका कार्यक्रममा राष्‍ट्रपति भण्डारीले टीका लगाएर भाइलाई आशीर्वाद दिँदै दुबो, मखमलीयुक्त माला लगार्इ कटुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गरिन्।

यस्तै, उपराष्‍ट्रपति नन्दबहादुर पुनले कपुरधारास्थित सरकारी निवासमा बहिनीहरू चन्द्रमाया पुन, शोभा पुन, विमला पुन र शशी लामाबाट टीका लगाए।

प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीद्वय विष्णुमाया ढकाल र कौशिलादेवी कोइरालाबाट टीका लगाए । उनीहरूले प्रधानमन्त्री पत्‍नी राधिका शाक्यलाई पनि टीका लगाइदिए।

 

प्रतिकृया दिनुहोस