खेलकुदबिहिवार, कार्तिक २२, २०७५

यू-२३ फुटबलमा नेपाल कठिन समूहमा

हिमालखबर

काठमाडौं- थाइल्याण्डमा आयोजना हुने एएफसी यू-२३ फुटबल च्याम्पियनसिपमा नेपाल कठिन समूहमा परेको छ।

फाइल तस्वीर

एशियाली फुटबल महासंघ (एएफसी)ले जारी गरेको खेल तालिकामा नेपाल समूह ‘ए’ मा परेको हो। नेपालको समूहमा कतार, ओमान र अफगानिस्तान छन्।

उक्त छनोट चरण २२-२६ मार्च २०१९ मा कतारमा हुनेछ। अघिल्लो संस्करणको छनोट चरणको खेलमा नेपाली यू-२३ टोली छनोट चरणबाटै बाहिरिएको थियो।

छनोट चरणको खेलमा ४४ राष्ट्रले सहभागिता जनाउँदैछन्। सहभागी टोलीलाई ११ समूहमा विभाजन गरिएको छ। प्रतियोगिताबाट आयोजक थाइल्याण्डसहित १६ टोली अन्तिम चरणका लागि छनोट हुनेछन्। उक्त च्याम्पियनसिप ८-२६ जनवरी २०२० मा थाइल्याण्डमा हुनेछ।

प्रतिकृया दिनुहोस