समाचारबुधवार, कार्तिक २१, २०७५

यस्तो देखियो स्वयम्भुबाट लक्ष्मीपूजाको साँझ (तस्वीरहरू)

हिमालखबर

तस्वीर- बिक्रम राई

यम पञ्चकको तेस्रो दिन बुधबार साँझ घर-घरमा लक्ष्मी पूजा र दीपावली गरियो। बिहानैदेखि शहरमा लक्ष्मीपूजाको तयारी शुरु भइसकेको थियो।

घरआँगन सरसफाइमा शहरवासी बिहानैदेखि जुटेका देखिन्थे। साँझ पर्दा नपर्दै शहर झिलिमिली बन्यो। लक्ष्मीपूजालगत्तै भैली खेल्नेहरूका समूह ओहोरदोहोर गरिरहेका थिए।

स्वयम्भुनाथलाई पृष्ठभूमिमा राखेर काठमाडौं हलचोकबाट खिचिएका केही तस्वीरले काठमाडौंको झिलिमिलीको प्रतिनिधित्व गर्छन्।

 

प्रतिकृया दिनुहोस