समाचारबुधवार, कार्तिक २१, २०७५

आतिसवाजीविहीन विराटनगरको दीपावली (फोटो फिचर)

हिमालखबर

विराटनगर- प्रदेश-१ को अस्थायी राजधानी तथा महानगर विराटनगरको दीपावली भव्य हुने गर्छ।

अघिल्ला वर्षझैं २१ कात्तिक साँझ यो व्यापारिक केन्द्र झिलिमिली भयो। हरेक घर, पसल र कार्यालय बत्तिले सजाइएको छ। घरका आँगनमा सात वटा रंग प्रयोग गरेर सप्तरंगी बनाइएको छ।

लक्ष्मी पूजाको राति अबेरसम्म सिंगारिएको बजार हेर्न पैदल यात्रीको भीड थियो। विगतजस्तो यस वर्ष दीपावलीमा बजार क्षेत्रमा पटका पट्काइएन। प्रहरीको कडाईका कारण बजारभन्दा टाढा मात्र पटका तथा आतिसबाजी देखियो।

लक्ष्मीपूजाको दिन र राति विराटनगरमा पटका र आतिसबाजीमा ठूलो धनराशी खर्च हुने गर्छ। दीपावलीमा विराटनगरमा रातभरि पटकाको आवाज गुन्जिन्छ।

तस्वीरः कमल रिमाल

 

प्रतिकृया दिनुहोस