समाचारबुधवार, कार्तिक २१, २०७५

प्रधानमन्त्रीद्वारा भुटानी समकक्षीलाई शुभकामना

हिमालखबर

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले डा लोटे छिरिङलाई भुटानको प्रधानमन्त्री नियुक्त भएकामा शुभकामना सन्देश पठाएका छन् ।

परराष्ट्र मन्त्रालयले प्रकाशित गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्री ओलीले पठाएको सन्देशमा छिरिङको सफल कार्यकालको कामना गरेका छन् ।

प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्ध अझ बढी मजबुत बनाउन निकटमा रहेर कार्य गर्ने तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चहरूमा साझा सवाललाई अघि बढाउने चाहना पनि व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस