विदेशी पर्यटकको मृत्यु
रसुवा- लाङटाङ यात्राबाट फर्केका एक विदेशी पर्यटकको बुधबार बिहान धुन्चेमा निधन भएको छ।
राहदानी नम्बर १० सी ए ८००३९ भएका फ्रान्सका ६५ वर्षीय हर्भे गुलटासको स्थानीय एक होटेलमा निधन भएको प्रहरीले जनाएको छ।
रुघाखोकी लागेपछि उनी भ्रमण छोट्यार्इ काठमाडौ फर्किने क्रममा थिए। उनका साथमा श्रीमतीसमेत रहेको प्रहरीले जनाएको छ। रासस