पीपीएलको उपाधि पोखरा पल्टनलाई
पोखरा प्रिमियर लिग (पीपीएल) को उपाधि पोखरा पल्टनले जितेको छ।
प्रतियोगिताको फाइनल खेलमा चितवन राइनोजलाई ३ विकेटले हराउँदै पोखरा पल्टनले उपाधि हात पारेको हो।
चितवन राइनोजले दिएको १६१ रनको लक्ष्य पोखराले १९.२ ओभरमा ७ विकेटको क्षतिमा भेट्टाएको थियो। पोखरा पल्टनका रविन्दर सिंह र मोहम्मद नाभिदले उत्कृष्ट ब्याटिङ गरेका थिए।
रविले ५८ बलमा १३ चौका र ३ छक्का प्रहार गर्दै ९० रन बनाए भने नाभिदले १४ बलमा २५ रन बनाए। पोखरा पल्टनका कप्तान शरद भेषवाकरले २२ रन बनाए भने आशिफ शेखले १२ रन जोडे।
बलिङतर्फ चितवनका लागि भुवन कार्कीले २ विकेट लिए। यस्तै, पारस खड्का, सन्नी पटेल र करण केसीले समान १-१ विकेट लिए।
टस हारेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ५ विकेटको क्षतिमा १६० रन बनाएको थियो। चितवन राइनोजका कप्तान पारस खड्काले ३७ बलमा ९ चौका प्रहार गर्दै ५१ रन बनाएका थिए। यस्तै, चितवनका सन्नी पटेलले २१ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ४३ रन बनाए।
पीपीएल विजेता पोखरा पल्टनले ट्रफीसहित नगद रु. २७ लाख पुरस्कार प्राप्त गरेको छ। उपविजेता चितवन राइनोजले रु. १० लाख प्राप्त गरेको छ। प्रतियोगितामा सर्वाधिक ९० रन बनाएका पोखराका रविन्दर सिंह म्यान अफ दी म्याच बने।
विजयी खेलाडीलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस नेता गगन थापा, भरतपुर महानगरकी मेयर रेणु दाहाललगायतले पुरस्कार वितरण गरेका थिए।
युवराज श्रेष्ठ, पोखरा