समाचारमंगलवार, कार्तिक २०, २०७५

झिलिमिली तिहार (फोटो फिचर)

हिमालखबर

तस्वीरहरू- रवि श्रेष्ठ

नेपालीहरूको दोस्रो ठूलो पर्व मानिन्छ, तिहारलाई।

तिहारका सामग्री खरिद बिक्रीका लागि यतिबेला बजारमा भीडभाड छ। हरेक घरमा रंगीचंगी बत्तिहरू टाँगिएको छ। शहर, बजार मात्र होइन, गाउँघर पनि दीपावलीका कारण झिलिमिली छन्, यतिबेला।

मृत्युका देवताका रूपमा हिन्दू धर्मावलम्बीहरूले पूजा गर्ने यमराजले यही समयमा बहिनी यमुनाका घरमा पाँच दिन बिताउने पौराणिक कथाका आधारमा यमपञ्चक पनि भनिन्छ, तिहारलाई। यम पञ्चकका अवसरमा तास, जुवा खेलेर रमाइलो गर्ने चलन छ।

पहाडमा तिहार र दीपावली तथा तराई मधेशमा दिवालीका नामबाट यस पर्वलाई चिनिन्छ। यम पञ्चकमै आयुर्वेद चिकित्साका देवता मानिने धन्वन्तरीको जन्म भएको विश्वासका आधारमा धन्वन्तरी जयन्ती वा धनतेरस पनि मनाउने गरिन्छ।

यमपञ्चकमा काग, कुकुर, गाई, लक्ष्मी, गोवर्द्धन र भाइ पूजा गर्ने गरिन्छ। सेल रोटीको पर्वका रूपमा पनि यसलाई चिन्ने गरिएको छ। हरेक साँझ दीपावली गरिने भएकाले उज्यालोको पर्वका रूपमा पनि यसलाई लिने गरिन्छ। देउसी, भैलो खेलेर रमाइलो गर्नु तिहारको विशेषता नै हो।

 

 

 

प्रतिकृया दिनुहोस