समाचारमंगलवार, कार्तिक २०, २०७५

आज तिहारको दोस्रो दिन, कुकुर तिहार मनाइँदै

हिमालखबर

आज तिहारको दोस्रो दिन कुकुर तिहार मनाइँदैछ ।

आजको दिन कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा खानेकुरा खान दिई पूजा गरिन्छ । कुकुरलाई यमदूतका रूपमा पनि लिइन्छ ।

प्रत्येक वर्षको कृष्ण चतुर्दशी दिन कुकुरको पूजा गरिन्छ । आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ ।

तिहारको दोस्रो दिन आज कुकुरकाे र भाेलि तेस्रो दिन बिहान गाई र साँझ लक्ष्मीको पूजा तथा दीपावली, चौथो दिन गोवर्द्धन पूजा र अन्तिम दिन भाइटीका गरी तिहार पाँच दिनसम्म मनाइन्छ ।

प्रतिकृया दिनुहोस