समाचारसोमवार, कार्तिक १९, २०७५

डोल्पा जिप दुर्घटनामा १० को मृत्यु

हिमालखबर

डोल्पा- सदरमुकाम दुनैबाट त्रिपुराकोटतर्फ जाँदै गरेको जिप सोमबार ठूलीभेरी नदीमा खस्दा १० जनाको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन्।

भे१च १६१० नम्बरको जिप ठूलीभेरी नगरपालिका-९ बतासेओढारबाट नदीमा खसेको हो। जिपमा १२ जना सवार थिए।

तीमध्ये १० जनाको घटनास्थलमै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए। मृतकहरूको सनाखत हुन सकेको छैन। शव नदीबाट निकालेर परीक्षणका लागि जिल्ला अस्पताल दुनै लगिएको छ। दुई जनाको भने नदीबाट जीवितै उद्धार गरिएको प्रजिअ थापाले बताए। रासस

प्रतिकृया दिनुहोस