समाचारसोमवार, कार्तिक १९, २०७५

गोली हानी हत्या

हिमालखबर

बर्दिया- बढैयाताल गाउँपालिका-३ गोब्रेपुरुवाका ३५ वर्षीय मोहन खटिकको घरमा सुतिरहेका बेला आइतबार राति अज्ञात समूहले गोली हानी हत्या गरेको छ।

उनका नातेदार रामरोशन सोनकरका अनुसार राति एक बजे नकाबधारी पाँच जनाको समूहले नियन्त्रणमा लिएर बायाँतिर कोखमा गोली प्रहार गरेको थियो। उक्त समूह घटनास्थलबाट हिँडेलगत्तै परिवारजनले प्रहरीलाई जानकारी गराएका थिए।

गोली प्रहारबाट गम्भीर घाइते खटिकलाई उपचारका लागि नेपालगञ्ज नर्सिङ होममा पुर्‍याइएको थियो। उपचारकै क्रममा मृत्यु भएको हो।

उक्त समूहले घरमा रहेको पाँच लाख रुपैयाँ पनि लुटेर लगेको छ। इलाका प्रहरी मैनापोखरका निरीक्षक लक्ष्मण वलीले खटिकको मृत्यु भएको सूचना पाएको तर गोली लागेर भएको वा अन्य कारण भन्नेबारे शव परीक्षणपछि मात्रै भन्न सकिने बताए। रासस

प्रतिकृया दिनुहोस