समाचारसोमवार, कार्तिक १९, २०७५

तुलाधरको निधनप्रति राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

हिमालखबर

राष्ट्रपति विद्यादेवी भण्डारीले वामपन्थी नेता पद्मरत्न तुलाधरको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तव्त परिवारप्रति समवेदना प्रकट गरेकी छन् ।

साथै राष्ट्रपति भण्डारीले तुलाधरले राष्ट्रका लागि पुर्‍याएको योगदान राष्ट्रले सदा स्मरण गरिरहने उल्लेख गरेकी छन् ।

मानवअधिकारको क्षेत्रमा समेत सक्रिय रहेका तुलाधरको आइतबार दिउँसो उपचारका क्रममा नर्भिक अस्पताल काठमाडौंमा निधन भएको थियो । रासस

पढ्नुहाेस् ।

पञ्चायतका ‘रुने माननीय’, बहुदलका राजनीति डोर्‍याउने अगुवा

प्रतिकृया दिनुहोस