समाचारसोमवार, कार्तिक १९, २०७५

तिहार शुरु, आज यमपञ्चकको पहिलो दिन

हिमालखबर

नेपालीहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ ।

तस्वीर: रासस

यमपञ्चकको पहिलो दिन कार्तिक कृष्ण त्रयोदशीका दिन आज काग तिहार मनाइँदैछ ।

चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिनसम्म तिहार मनाइन्छ ।

कात्तिक शुक्ल द्वितीयाका दिन २३ कात्तिकमा भाइटीका परेको छ । योे वर्ष भाइटिकाको साइत ११ बजेर ५५ मिनेटमा रहेको छ ।

तिहारको अन्तिम अर्थात् मुख्य यस दिनमा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख शान्तिको कामना गरी अष्ट चिरञ्जीवी, यमराज, यमुना एवं बलि राजाको पूजा गरी त्यसको प्रसाद लगाइदिने चलन छ ।

प्रतिकृया दिनुहोस