समाचारआइतवार, कार्तिक १८, २०७५

धरहरा पुनर्निर्माणमा सहयोगको प्रतिबद्धता

हिमालखबर

 

काठमाडौं- धरहरा पुनर्निर्माणका लागि स्थानीय समुदाय र सरोकारवालाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना गरेको कार्यक्रमका सहभागीहरूले भग्नावशेष हटाएर सहयोग गर्ने जनाएका हुन्।

१८ कात्तिकमा भएको कार्यक्रममा नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण, सञ्चयकोष, नेपाल राष्ट्र बैंक, हुलाक सेवा विभाग, ट्राफिक प्रहरी, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रतिनिधि र काठमाडौं महानगरपालिका-२२ लगायतले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

नेपाल टेलिकमका प्रबन्धक झविन्द्रलाल उपाध्यायले दीर्घकालीन हिसाबले सहज हुने गरी टेलिफोनको लाइन व्यवस्थापन गरेर सहयोग गर्ने बताए। प्राधिकरणले स्थानीय समुदायलाई सहज हुने गरी सडक निर्माण गर्ने जनाएको छ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सबै निकाय र स्थानीय समुदायसँग समन्वय गरी धरहरा पुनर्निर्माण अगाडि बढाइने बताए। अघिल्लो सातादेखि धरहरा पुनर्निर्माणको काम भइरहेको छ।

प्रतिकृया दिनुहोस