थप समाचारआइतवार, कार्तिक १८, २०७५

अवैध भारतीय नोटसहित १ पक्राउ

हिमालखबर

वीरगञ्ज- अवैध भारतीय रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

वीरगञ्ज-१६ रजतजयन्ती चोकबाट भारतीय नागरिक रोहितकुमार शर्मा (१९) पक्राउ परेका हुन्। उनको साथबाट प्रतिबन्धित ५ सय दरका ४ सय थान नोट बरामद भएको छ।

अवैध दुई लाख रुपैयाँसहित पक्राउ परेका उनी विहार पूर्वी चम्पारणस्थित रक्सौल-२२ नागारोडका बासिन्दा हुन्। अवैध नोटसहित उनलाई ललितपुर हरिहरभवनस्थित राजश्व अनुसन्धान विभागमा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस