थप समाचारआइतवार, कार्तिक १८, २०७५

दुई बालिका बलात्कृत, दुई किशोर पक्राउ

हिमालखबर

विराटनगर- बलात्कारको आरोपमा सुनसरी र झापामा दुई जनालाई १७ कात्तिक अपरान्ह प्रहरीले पक्राउ गरेको छ।

दुवै ठाउँमा बालिका बलात्कृत भएको र बलात्कारमा संलग्न किशोरहरू पक्राउ परेको प्रहरीले जनाएको छ। सुनसरी इटहरी-५ बरामपुरमा ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा स्थानीय भवानी आचार्य (१८) पक्राउ परेका छन्। बालिकालाई आचार्यले राति आफ्नो घरमा लगेर जबरजस्ती गरेको प्रहरीको भनाइ छ।

यस्तै, झापाको शिवसताक्षी-९ बिरानमा १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा स्थानीय १७ वर्षीय किशोर पक्राउ परेका छन्। घरमा कोही नभएका बेला किशोर घरमा प्रवेश गरी बालिकालाई त्रास देखाएर बलात्कार गरेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस