थप समाचारआइतवार, कार्तिक १८, २०७५

चितुवाको आक्रमणमा ३ वर्षमा १५ को मृत्यु

हिमालखबर

अर्घाखाँची- अर्घाखाँचीमा ३ वर्षयता चितुवाको आक्रमण परी १५ जनाले ज्यान गुमाएका छन् ।

१७ कात्तिक साँझ भूमिकास्थान-९ ढिकुरा पेंहालेका आरएन घिमिरे (४ वर्ष) को चितुवाको आक्रमणमा परी मृत्यु भएको छ । माधवप्रसाद घिमिरेका छोरा उनी नरभक्षी चितुवाको आक्रमणमा परेका पछिल्ला उदाहरण हुन् ।

साँझ ५ बजेतिर घरमै आमाको काखमा रहेका बेला चितुवाले तानेर उनलार्इ बारीमा फालेको थियो । हतारमा जिल्ला अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

जिल्लामा ३ वर्षयता नरभक्षी चितुवाको आतंक छ । तर, अझै उक्त चितुवालार्इ नियन्त्रणमा लिन सकिएको छैन । मृतक १५ जनामध्ये अधिकांश बालबालिका छन् । अन्य ६ जनालार्इ चितुवाले घाइते बनाएको छ । पछिल्लो घटनापछि चितुवा नियन्त्रणका लागि टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस