थप समाचारशुक्रवार, कार्तिक १६, २०७५

हिमाल विशेष संवाददाता रमेशकुमारलार्इ‘खोज पत्रकारिता पुरस्कार’

हिमालखबर

काठमाडौं- फ्रिडम फोरमले यस वर्षको ‘खोज पत्रकारिता पुरस्कार’ हिमाल खबरपत्रिकाका विशेष संवाददाता रमेशकुमारलार्इ प्रदान गरेको छ ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हरिहर विरहीको संयोजकत्वको पुरस्कार छनोट समितिले शुक्रबार उक्त निर्णय गरेको हो। यस्तै, ‘साहसिक पत्रकारिता पुरस्कार’ रूपन्देहीका पत्रकार रामविकास चौधरीलाई प्रदान गरिएको छ।

खोज पत्रकारितामार्फत देशको प्रशासनिक, आर्थिक नीति र तिनको कार्यान्वयनमा लुकाइएका विषयवस्तुलाई उधिनेर जनसमक्ष ल्याई राज्यका निकायका कमजोरी राज्य शक्ति तथा स्रोतको दुरुपयोगजस्ता विषय, पाठकलाई सचेत गराई नीति तथा व्यवहारमा सुधार ल्याउन र सुशासन निर्माणमा योगदान पुर्‍याएवापत खोज पत्रकारिता पुरस्कार रमेशकुमारलाई प्रदान गरिएको समितिले जनाएको छ।

विभिन्न समयमा भौतिक आक्रमण तथा ज्यानको धम्कीका बावजुद स्थानीय तहका प्रशासनिक तथा आर्थिक विसंगति, स्रोतको दुरुपयोगजस्ता विषयमा निरन्तर चासो र खोजविन गरी विभिन्न आमसञ्चारका माध्यमबाट समाचार प्रवाह गर्न मोफसलमा निरन्तर सक्रिय रहेकाले चौधरीलाई ‘साहसिक पत्रकारिता पुरस्कार पुरस्कार प्रदान गरिएको समितिले जनाएको छ।

प्रशंसापत्रसहित पुरस्कारको राशि जनही रु २५ हजार छ। दुवै पुरस्कार आज  पत्रकारविरुद्ध हुने अपराधको दण्डहीनता अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा  प्रदान गरिएको हो ।

प्रतिकृया दिनुहोस