थप समाचारबिहिवार, कार्तिक १५, २०७५

व्यापार विवादमा अमेरिका–चीनबीच सकारात्मक वार्ता

हिमालखबर

वासिङटन, अमेरिका र चीनबीच लामो समयदेखि रहेको व्यापार विवादबारे दुवै देशका राष्ट्रप्रमुखबीच वार्ता भएको छ।

बिहीबार भएको अमेरिका र चीनका राष्ट्रपतिबीचको कुराकानी सकारात्मक भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिङपिङ बीच लामो समयपछि सकारात्मक कुराकानी भएको समाचारमा जनाइएको छ।

“राष्ट्रपति सी जिङपिङसँग लामो समयपछि धेरै राम्रो कुराकानी भयो। हामीले धेरै विषयमा कुराकानी गर्यौँ, तर विशेष जोड भने व्यापारका विषयमा नै भयो,” ट्रम्पले ट्विट गरेका छन्।

उनले व्यापारसम्बन्धी वार्ता सकारात्मक दिशातर्फ अगाडि बढेको जानकारी दिँदै जी ट्वान्टी शिखर सम्मेलनका बेलामा भेटेरै दुई जनाले कुराकानी गर्ने बताए।

जी ट्वान्टी शिखर सम्मेलन यही नोभेम्वर महिनाको अत्यमा अर्जेन्टिनामा हुने तय भएको छ । – एएफपी

प्रतिकृया दिनुहोस