थप समाचारबिहिवार, कार्तिक १५, २०७५

दुई पुरुषको शव फेला

हिमालखबर

रौतहट- गरुडा र माधवनारायण नगरपालिकामा दुई पुरुषको शव फेला परेको छ। प्रहरीका अनुसार मृतकको सनाखत हुन सकेको छैन।

गरुडा-८ जिंगडियास्थित मूल सडकको नालामा करीब ३५ वर्षका पुरुषको शव भेटिएको हो। यस्तै, माधवनारायण-६ माधोपुरस्थित खेतमा करीब २६ वर्षका पुरुष मृत भेटिएका छन्।

प्रहरी निरीक्षक चतुर्भुज ओझाका अनुसार उनीहरूको हुलियासहितको सूचना सार्वजनिक गरिएको छ। तर, दुवैका परिवार सम्पर्कमा आएका छैनन्। दुवैका साथमा परिचय खुल्ने कागजात छैनन्। दुवै शव पोस्टमार्टमका लागि गौरस्थित जिल्ला अस्पताल पठाइएको छ।

प्रतिकृया दिनुहोस