थप समाचारबिहिवार, कार्तिक १५, २०७५

१७ लाख बराबरको रिचार्ज कार्ड चोरी गर्ने पक्राउ

हिमालखबर

गत ६ असोजमा १७ लाख रुपैयाँ बराबरको नेपाल टेलिकमको रिचार्ज कार्ड चोरी गर्ने एकजना पक्राउ परेका छन् ।

चोरी भएको २१ दिनपछि १३ कात्तिकमा रोल्पा माडी गाउँपालिका १ का दलबहादुर पुन पक्राउ परेका हुन् ।

दाङबाट रिचार्ज कार्ड चोरी गरेका पुनलाई रोल्पामा बिक्री गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट रु. ५०, १०० र ५०० दरका रिचार्ज कार्ड बरामद गरिएको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस