पूर्व प्रधानमन्त्री नेपाल र राष्ट्रपति मुखर्जीबीच भेट
भारतका राष्ट्रपति प्रवण मुखर्जीसँग पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले आज शिष्टाचार भेट गरेका छन् ।
पार्टीको वैदेशिक मामिला विभाग प्रमुखसमेत रहेका नेता नेपाल र राष्ट्रपति मुखर्जीबीच आज हायात रिजेन्सी होटेलमा शिष्टाचार भेट भएको हो ।
नेकपा ९एमाले० वैदेशिक मामिला विभागका सचिव यादवचन्द्र शर्माद्वारा जारी प्रेस विज्ञप्तिमा भेटका अवसरमा दुई नेताबीच दुबै मुलुकको आपसी हित र पारस्परिक चासोका विषयमा कुराकानी भएको जनाइएको छ ।
भारतीय राष्ट्रपतिले पूर्व प्रधानमन्त्री नेपाललाई भारत भ्रमणका लागि निमन्त्रणा पनि गरेका छन् ।
नेता नेपालले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई आपसी हित प्रवद्र्धन र समृद्धिका लागि थप सुदृढ पार्नुपर्ने विचार भारतीय राष्ट्रपतिसामु राखेका थिए ।