थप समाचारबुधवार, कार्तिक १४, २०७५

जुवाको खालबाट ३ लाख ४१ हजार बरामद

हिमालखबर

विराटनगर- मोरङ र सुनसरीमा १३ कात्तिक राति जुवाको खालबाट १६ जना पक्राउ परेका छन्।

मोरङ कानेपोखरी-१ का मित्र रेग्मीको घरमा छापा मार्दा १० जना पक्राउ परेका छन्। जिल्ला प्रहरी मोरङको टोलीले उनीहरूका साथबाट १ लाख ८५ हजार रुपैयाँ बरामद गरेको छ।

यस्तै, सुनसरीको गढी गाउँपालिका-५ बाट जुवा खेल्दै गरेका ६ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट १ लाख ५६ हजार ४ सय र दुई वटा मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस