कला/साहित्यबुधवार, कार्तिक ७, २०७५

अभिनेता इरफान खानकाे स्वास्थ सुधार, भारत फर्कंदै

हिमालखबर

बलिउड अभिनेता इरफान खान स्वास्थ्य सुधार गरी भारत फर्कंदै छन्। उनका प्रवक्ताले विज्ञप्तिमार्फत 'इरफान खान ठीक भएका छन् र अब तिहारलगत्तै देश फर्कने छन्,'  भनेका छन्।

साथै, इरफान खानले ‘हिन्दी मिडियम–२’ मा खेल्ने भनी गरिएको चर्चा हल्ला मात्र भएको पनि विज्ञप्तिमा उल्लेख छ।

अभिनेता खान गत मार्चमा न्यूरो इन्डोक्राइन ट्यूमरबाट पीडित भएपछि उपचारका लागि लण्डन गएका थिए। उनले आफ्नो स्वास्थ्य अवस्थाका बारेमा सोसलमिडियामार्फत जानकारी दिंदै आएका थिए।

खान उपचारका लागि गइसकेपछि गत अगस्टमा रिलिज भएको उनको फिल्म ‘करवा’ लाई दर्शकले राम्रै रुचाइएको थियो । उनका फ्यानका लागि भने इरफान खानको नयाँ फिल्मको लागि भने केही समय पर्खनुपर्ने देखिन्छ । – एजेन्सी

प्रतिकृया दिनुहोस