कला/साहित्यबुधवार, कार्तिक ७, २०७५

पद्मश्री साहित्य पुरस्कार अर्पण

हिमालखबर

वि.सं. २०७४ सालको ‘पद्मश्री साहित्य पुरस्कार’ लेखक नयनराज पाण्डेको संस्मरणात्मक कृति ‘यार’ लाई अर्पण गरिएको छ ।

त्यस्तै ‘पद्मश्री साधना सम्मान’ साहित्य साधक डा. तारानाथ शर्मालाई प्रदान गरिएको छ ।

‘पद्मश्री साहित्य पुरस्कार’ वर्षभरि प्रकाशित साहित्यिक कृतिमध्ये एक उत्कृष्ट कृतिलाई र ‘पद्मश्री साधना सम्मान’ साहित्य, कला, संस्कृतिको क्षेत्रमा विशिष्ट योगदान दिने व्यक्तिलाई प्रदान गरिन्छ ।

‘यार’ मार्फत लेखक पाण्डेले साथीको माध्यमबाट नेपाली समाज, साहित्य र कलाका साथै सामाजिक मनोदशालाई कलात्मक ढंगले प्रस्तुत गरेका छन् ।

त्यसैगरी, डा. शर्माले छ दशकदेखि नियात्रा, निबन्ध, समालोचना, आख्यान र अनुवादमा योगदान दिइरहेका छन् ।

खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले प्रदान गर्ने दुवै पुरस्कारको राशी दुई–दुई लाख रहेको छ ।

 

प्रतिकृया दिनुहोस