अर्थ/बजारमंगलवार, कार्तिक ६, २०७५

सामान्य अंकले घट्यो शेयर बजार

हिमालखबर

शेयर बजार सामान्य अंकले घटेको छ ।

आज कारोबार मापक नेप्से परिसूचक ३ दशमलब ४८ विन्दुले घटेर एक हजार २४१ दशमलब ६ विन्दुमा पुगेको हो ।

‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब ६९ विन्दुले घटेर २६४ दशमलब ३१ विन्दुमा पुगेको छ ।

नेप्से परिसूचक घटेसँगै कारोबार रकममा समेत कमी आएको छ । आज कूल १५५ कम्पनीको आठ लाख ४२ हजार १९८ कित्ता शेयर रु १९ करोड ८७ लाख ७५ हजार ८३४ मूल्यमा खरीद बिक्री भएको छ ।

कारोबार भएका १० उपसमूहमध्ये दुई उपसमूहको शेयर कारोबारमा भने वृद्धि भएको छ, भने आठ उपसमूहको शेयर घटेको छ ।

वित्त क्षेत्र ४ दशमलब ३६ र उत्पादन ३१ दशमलब ६२ विन्दुले बढेको छ ।

त्यस्तै ब्यांंकिङ शून्य दशमलब ९५, विकास ब्यांक ६ दशमलब ९३, जलविद्युत् ३ दशमलब ५७, निर्जीवन बीमा ७७ दशमलब ६४, अन्य ५ दशमलब ३६, माइक्रोफाइनान्स ८ दशमलब २९, जीवन बीमा ३५ दशमलब ८ विन्दुले घटेको छ ।

होटल उपसमूहको भने आज कुनै पनि शेयर कारोबार भएन ।

युनाइटेड फाइनान्स, अरुण काबेली पावर लिमिटेड र ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले आज कमाएका छन् भने समता माइक्रोफाइनान्स वित्तीय संस्था, कालिका लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने आज गुमाएका छन् । रासस

प्रतिकृया दिनुहोस